Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नेपाली पत्रकारले देउसी भैलो खेल्ने । दक्षिणाबाट पत्रकारलाई सहयोग

अष्ट्रेलियाका नेपाली पत्रकारले देउसी भैलो खेल्ने । दक्षिणाबाट पत्रकारलाई सहयोग


ब्रिजवेन/अष्ट्रेलियाका नेपाली पत्रकारहरुले तिहारको अवसरमा अनलाईन देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । जुम मार्फत अष्ट्रेलियाभरका नेपालीहरुलाई जोडेर नोभेम्बर ५ तारिख सिड्नी समय अनुसार साझ  ६ बजेदेखि ८ बजेसम्म देउसी भैलो खेल्न लागेको अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले जनाएको छ । देउसी भैलो कार्यक्रममा नेपालका लोकप्रिय सांगितिक टोली इन्द्रेणी समेत सहभागी हुदैछ । इन्द्रेणीका कृष्ण कँडेलले देउसी भैलो भट्याउने तथा सो टोलीले सांस्कृतिक प्रस्तुती दिने तय भएको एन्जाका महासचिव चिरञ्जिवी देवकोटाले जानकारी दिनुभयो ।

देउसी भैलो खेल्नका एन्जाले अष्ट्रेलिया भरका नेपालीलाई निम्तो दिएको छ । नेपाली कला संस्कृतिलाई प्रवासमा पनि निरन्तरता दिनका लागि देउसी भैलो खेल्न लागिएको देवकोटाले बताउनुभयो । सामुहिक रुपमा खेलिने देउसी भैलोमा जसको घरमा देउसी खेलिने हो उनीहरुलाई विशेष अतिथी र सहभागी सबैलाई अतिथीका रुपमा स्वागत गर्ने एन्जाले जनाएको छ । कार्यक्रममा अष्ट्रेलियाका नेपाली कलाकारले समेत प्रस्तुती दिनेछन् । देउसी भैलोबाट संकलन भएको दक्षिणा रकम विश्वभरी छरिएर रहेका नेपाली पत्रकारहरुको वृत्तिविकास तथा सहयोगमा खर्च गरिने एन्जाका सचिव सरल गुरुङले जानकारी दिनुभयो । ‘कोरोनाका कारण नेपाली पत्रकारहरुको अवस्था झनै दयनिय बनेको छ’- गुरुङले भन्नुभयो -‘ती तमाम पत्रकारहरुलाई सहयोग गर्नका लागि हामीले देउसी खेल्न लागेका हौ ।’

देउसी भैलोमा सहभागी हुनका लागि एन्जाले जुम लिंक र आइडी सार्वजनिक गरेको छ । इच्छुकले तोकिएको समयमा जुम लिंकमा गएर सहभागी हुन सक्नेछन् । सबैलाई सहभागी भएर नेपाली कलासंस्कृतिको संरक्षण गर्ने अभियानमा सहयोग गर्न एन्जाले अनुरोध गरेको छ । सहभागीताका लागि जुम लिंक यसप्रकार छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ