Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल एअरलाइन्सको टिकट बिक्री कक्ष बाटै नेपाली मौलिक उत्पादनको बिक्री सुरु

नेपाल एअरलाइन्सको टिकट बिक्री कक्ष बाटै नेपाली मौलिक उत्पादनको बिक्री सुरु


काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आजबाट आफ्नो टिकट बिक्री कक्ष बाटै नेपाली मौलिक उत्पादनको बिक्री थालेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टरको उद्घाटन गर्नुभएको हो ।

केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिए जस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जाने लक्ष्य सहित बिक्रि कक्षको उद्घाटन गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । नेपालको कला, संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र पुर्याउन, विपन्न वर्गको सीपलाई प्रोत्साहन गर्न टिकट बिक्री कक्षमा सोभिनियर सेल्स काउन्टरको स्थापना गरिएको बताइएको छ ।

नेपाली कच्चा पदार्थ बाँस, अल्लो, घाँस आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टी–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलो र विमानका नमुना जस्ता सामान सेल्स काउन्टरमा उपलब्ध हुने बताइएको छ । यसले छिट्टै सबै बिक्रि कक्षमा विस्तार पाउने छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ