अष्ट्रेलियाको शिक्षा र भिषा बारे जानकारि दिन मेला हुँदै, अष्ट्रेलियन राजदूतले उद्घाटन गर्ने
ब्रिजबेन । काठमाडौंमा ग्राण्ड अष्ट्रेलियन शिक्षा मेला २०२२ आयोजना हुने भएको छ । NOVA Education and Consulting Services को आयोजनामा जनवरी ४ तारिखमा ग्राण्ड अष्ट्रेलियन शिक्षा मेला काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजना हुन लागेको हो ।
मंगलबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुने मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भल्कले गर्नुहुनेछ । शैक्षिक मेलामा अष्ट्रेलियका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरूसँग परामर्श लिन पाइने छ । जहाँ १५ भन्दा बढी नोभासँगका साँझेदार कलेजहरुको सहभागिता रहने बताइएको छ । अष्ट्रेलिया अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुले उक्त मेलाका अवशरमा बैंकिङ, हवाई टिकट र बीमा बारेको जानकारी पाउनेछन् । विभिन्न उपहार योजना समेत राखिएका छन् । परामर्शका लागि कुनै शुल्क नलाग्ने बताइएको छ ।
अष्ट्रेलियाका अनुभवी रजिष्टर्ड माइग्रेसन एजेन्ट नारायण कोइरालासमेत शैक्षिक मेलामा सहभागि हुँदैहुनुहुन्छ । जहाँ विद्यार्थीहरुले भिडियो कन्फ्रेन्सको माध्यमबाट समेत अष्ट्रेलियाको शिक्षा। भिषा र पीआर कसरी लिने भन्नेबारे प्रत्यक्ष रुपमा प्रश्न राख्न र जानकारि पाउन सक्नेछन् । नेपालट्युबसँग कुरागर्दै नोभा एजुकेशन एण्ड माइग्रेसन सर्भिस ब्रिजबेजका निर्देशक समेत रहनुभएका कोइरालाले नेपाली विद्यार्थीहरुलाई स्थलगत रुपमै भेटेर अष्ट्रेलियाको शिक्षा, भिषा र पीआर बारे सरसल्लाह दिन आफू आतुर रहेको बताउनुभयो । बजारमा अष्ट्रेलियाको शिक्षा र भिषा बारे रहेका भ्रमहरु चिर्दै मेलामार्फत यथार्थ सूचना दिनु आफ्नो धर्म रहेको कोइरालाले बताउनुभयो ।
NOVA Education and Consulting Services सँग अष्ट्रेलियाली दर्ता गरिएका माइग्रेसन एजेन्टहरू र योग्य शिक्षा सल्लाहकारहरूको क्रियाशिल टोली रहेको छ। विद्यार्थीहरूलाई अष्ट्रेलियाका कलेजहरू र विश्वविद्यालयहरूमा सही कार्यक्रमहरू र पाठ्यक्रमहरू छनौट गर्न सहयोग पुर्याउनेका साथै नोभाले नेपालीहरूलाई अष्ट्रेलियामा काम गर्न वा बस्नको लागि माइग्रेसन विकल्पहरूको सुझाब सल्लाहका साथै सहयोग समेत गर्दैआएको छ ।
तपाईको प्रतिक्रिया