०६२/०६३ पछिका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
काठमाडौं । सरकारले ०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा बसेका नेता, उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिनका लागि आयोग गठन गरेको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी संयोजक रहेको आयोग बनाईएको हो । सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्ने आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य तोकिनुभएको छ ।
यस्तै सरकारले जेनजी प्रदर्शन प्रतिवेदन अनुसार सुरक्षा संयन्त्रले प्रदर्शनमा खेलेको भुमिका बारे अध्ययन गर्न तीन सदस्यीय समिति बनाएको छ । उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाइएको हो । समितिमा सशस्त्र प्रहरीका पूर्वअधिकृत सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअधिकृत टेक प्रसाद राई सदस्य हुनुहुन्छ ।
सरकार गठन गरेको सम्पत्ति छानबिन आयोगले सुशासनको नयाँ अभियान सुरु हुने आशा गरिएको छ । अनुसन्धान र कानुनी कारबाही निश्पक्ष र विवादरहित बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।
















तपाईको प्रतिक्रिया