Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतास्मानियामा नेपालीको ओइरो । समयमै ध्यान नदिदा पिआरको रोइलो, अब गर्नु यसो (भिडियो रिपोर्ट)

तास्मानियामा नेपालीको ओइरो । समयमै ध्यान नदिदा पिआरको रोइलो, अब गर्नु यसो (भिडियो रिपोर्ट)


होबार्ट, अष्ट्रेलियाको सानो टापु राज्य हो तास्मानिया । विकास र जनसंख्याका हिसाबले अन्य राज्यहरु भन्दा पछाडी छ तास्मानिया । त्यहि भएर पनि केही वर्षदेखि अष्ट्रेलिया सरकारले तास्मानियामा दक्ष आप्रवासीको संख्या बढाएर विकासको मुल फुटाउन खोजेको छ । यसपाली मात्रै स्किल भिषा अन्तगर्त पिआर दिनका लागि तास्मानियाले ११ सय, १९० भिषा सबक्लास र २२ सय, ४९१ रिजनल भिषा सबक्लास गरि स्किल माइग्रेसन अन्गर्त ३३ सय कोटा पाएको छ ।
अन्यत्र भन्दा केही सजिलो भएकाले पछिल्लो समय स्थाई बसोबास पिआर लिनका लागि नेपालीहरु तास्मानियामा ओइरिने क्रम बढेको छ ।

सुरु सुरुमा आवेदक कम भएकाले केही मानिसले सजिलै पिआर लिएका पनि उदाहरण छन् । सजिलो होला त नि भनेर नेपाली मात्रै होइन, भारतिय, बंगालादेशी, पाकिस्तानी लगायत अन्य देशका विद्यार्थीहरु पनि तास्मानिया पुगेका छन् । कोटा भन्दा धेरै आवेदक हुन थालेपछि तास्मानियाको पिआर पाउन पनि बिस्तारै कठिन हुदैछ । अरुले जे गर्यो त्यहि पछ्याउने, समयमा सहि परामर्श नलिने, भइहाल्छ नि भन्ने जस्ता बानीका कारण धेरै नेपालीको तास्मानियामा पिआरको बाटो अप्ठ्यारो बनिरहेको छ । पिआर लिने सपना पुगेका नेपालीहरुले समयमै बुद्धी पु¥याउन नसक्दा दुख पाइरहेका छन् । उनीहरु भन्छन् तास्मानियामा पनि पिआर त रुखमा फल्दैन रहेछ । त्यसो भए के गर्ने त ? केही सजिलो बाटो पो छन् कि ? तास्मानियामा के कुरामा ध्यान दिदा सजिलै पिआर लिन सकिन्छ । हामीले यो विशेष सामाग्री तयार पारेका छौ ।


ट्याग : #491 visa, #migration australia, #PR pathway, #Tasmania
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ