सिड्नीमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको निधन, शव पठाउन सहयोग संकलन सुरु
सिड्नी/ सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा हुदा एक नेपाली युवकको निधन भएको छ । दुर्घटनामा परि २४ वर्षिय अशिम थपलियाको ज्यान गएको हो ।
घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै अशिमका नातेदार उमेश मानन्धरले नेपालट्युबलाई जानकारी दिनुभयो ।
अष्ट्रेलियाको डेको दिन जनवरी २६ तारिख राति साढे १० बजे तिर दुर्घटना भएको हो ।
अशिमको शव नेपाल पठाउने तयारी भइरहेको छ । सन् २०१६ मा आइटी पढ्न आएका अशिमको स्थाई घर काठमाडौंको चावहिलको हो । हाल अशिम टिआर भिषामा हुनुुहुन्थ्यो । नेपालमा बाआमाले नै अन्तिम संस्कार गर्ने भएकाले शव नेपाल पठाउन लागिएको मानन्धरले जानकारी दिनुभयो । शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन गरिरहनु भएको छ । तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।
अशिम निकै मिलनसार र असल व्यक्ति भएको छिमेकी राजेशले बताउनुभयो । एक्लो छोराको निधन पछि बावुआमामाथी निकै ठुलो बज्रपात परेको राजेशले बताउनुभयो ।
जनवरी २२ तारिखमा सिड्नीकै ग्रँनभिलमा बाटो काट्ने क्रममा कारले ठक्कर दिदा २१ वर्षिय नेपाली विद्यँर्थी सुष्मिता लामा गम्भीर घाइते हुनु भएको छ । सडकमा सवारी हाक्दा सुरक्षित र सचेत रहन समेत सबैमा आग्रह छ ।
तपाई पनि सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा जानुहोस् ।
ट्याग : #ashim, #Australia, #road accident
तपाईको प्रतिक्रिया