कानुन अनुसार तलब नदिने सिड्नीको क्याफे र सञ्चालक विरुद्ध अदालतमा मुद्धा !
ब्रिजबेन । फेयरवर्क अमबुड्सम्यानले कर्मचारिलाई कानुन अनुसारको तलब सुविधा नदिने भित्री सिड्नीमा सञ्चालित क्याफेका सञ्चालकहरू विरुद्ध कानुनी कारबाही सुरु गरेको छ । मोर दन स्किन पीटीई लिमिटेडले सञ्चालन गरेको ग्लेबमा नोशेरी क्याफेका दुई कम्पनी सह–निर्देशकहरू विरुद्ध संघीय अदालतमा मुद्धा दायर गरिएको हो ।
क्याफेमा कार्यरत तीन जना कर्मचारिले गुनासो गरेपछि नियामकले सेप्टेम्बर र डिसेम्बरमा अनुगमनसँगै अनुसन्धान थालेका थिए । क्याफे बिरुद्ध कानुन अनुसारको पारिश्रमिक नदिएको सप्तान्त र सार्वजनिक बिदाको काम वापतको पारिश्रमिक भुक्तान नगरेको अभियोग लगाइएको छ । फेयरवर्क अमबुड्सम्यानलाई कम्पनीले दुई जना कामदारलाई तलब दिएको स्लिप समेत उपलब्ध गराउन नसकेको बताइएको छ । फेयरवर्क अमबुड्सम्यान सान्ड्रा पार्करले भन्नुभयो, “जहाँ रोजगारदाताहरूले कानुन पालना गर्दैनन्, हामी कर्मचारीहरूको सुरक्षाका लागि उपयुक्त कारबाहीका लागि बाध्य हुनेछौं । आफ्नो तलब वा अधिकारको बारेमा कुनै सहयोग चाहिएमा कर्मचारीहरूले निःशुल्क सहायताको लागि फेयरवर्क अमबुड्सम्यान सम्पर्क गर्नुपर्छ ।” सुश्री पार्करले भन्नुभयो ।
कम्पनीले एउटा उजूरी वापत कानुन उल्लङ्घनमा $33,300 र दुई निर्देशकहरूले प्रत्येक उजूरीवापत $6,660 जरिवाना तिर्नुपर्नेछ । कम्पनीले गरेका कमजोरी र तलब स्लिप उपलब्ध गराउन नसकेको अतिरिक्त $66,000 and $13,320 जरिवाना हुनसक्ने बताइएको छ । संघीय अदालतमा यो मुद्धाको सुनुवाई जुन १५ का लागि तोकिएको छ ।
तपाईको प्रतिक्रिया