हावाहुरी पीडितलाई सघाउन जुटे अष्ट्रेलियाका नेपाली
सिड्नी
हालै तराईकाे बारा र पर्सामा हावाहुरीले ठुलाे मानविय क्षति गर्याे । प्राकृतिक प्रकाेपलाई राेक्न सक्ने कुरा भएन । तर, त्यसले दिएकाे पीडालाई भने सबै मिलेर सामना गर्न सकिन्छ ।
मातृ भूमिलाई आईपर्ने हरेक दैविप्रकाेपका बेला विदेशमा बस्ने नेपालीहरुले हातमा हात मिलाएर सहयाेग गरेका छन् ।
त्यसमा पनि अष्ट्रेलियाका नेपाली समाज सहयाेग गर्नमा सधै अगाडी नै देखिन्छ ।
मंगलबार सिड्नीकाे आशफिल्डमा बारा र पर्साकाे हावाहुरीमा परि मृत्यु भएकाहरुकाे चिरशान्ति र घाईतेहरुकाे स्वास्थ्य लाभकाे कामना गर्दै द्विप प्रज्वलन गरिएकाे छ ।
तराई टाईगर खेलकुद क्लबले गरेकाे कार्यक्रममा सहयाेग रकम समेत उठाईएकाे छ ।
कार्यक्रममा तराई टाइगर्सका संरक्षक सुबांस शाह र संयाजक नितिस गुप्ता लगायतले मृतककाे आत्माको चिर शान्तिका साथै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे थियाे । त्यस्तै एन्टाका अध्यक्ष अरुण ठाकुरले हावाहुरीका कारण ज्यान र घरबार गुमाएकाहरुका लागि सक्दा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
सामाजिक अभियन्ता विनाेद पाैडेलकाे सक्रियतामा भएकाे कार्यक्रममा सिड्नीका व्यापारी, अभियन्ता, अगुवा तथा सर्वसाधारण उपस्थित भएका थिए ।
पाैडेल ‘आमाले बाेलाउनु भयाे’ भन्ने अभियानमार्फत विदेशकाे सिप र क्षमतालाई स्वदेशमा लगानी गराउन सक्रिय छन् ।
संकलित सहयाेग रकम एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) काे खातामा जम्मा गरिने बताईएकाे छ ।
हावाहुरी लगतै एन्टाले अष्ट्रेलियामा सहयाेग संकलन गरिरहेकाे छ ।
त्यस्तै गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले पनि ४ हजार डलर सहयाेग गर्ने घाेषणा गरिसकेकाे छ ।
तपाईको प्रतिक्रिया