नाबालिक बलात्कारको अभियोग लागेका क्रिकेटर असोज २० मा नेपाल आइपुग्ने !
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका एक नेपाली क्रिकेटर असोज २० गते नेपाल आइपुग्ने भएका छन् । अभियोग लागेका क्रिकेटर आफैले सामाजिक संजाल फेसबुकमार्फत आफू अक्टोबर ६ अर्थात असोज २० गते नेपाल आइपुग्ने जानकारि गराएका हुन् ।
नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्ने दाबी गरेका उनले आफ्ना समर्थकहरुमाझ निर्दोष भएको र छिट्टै पुष्टि समेत गराउने बचत दिएका छन् । उनले फेसबुकमा लेखेका छन् ,‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु। म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्याउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु। मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।’
करिब एक महिना अघि एक १७ वर्षीय किशोरीले क्रिकेटर विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । बलात्कारको जाहेरिसँगै नेपाल नआएर फरार भएको चर्चा चलिरहेका बेला केही समय अघि आफैले मानसिक तनाबका कारण आईसोलेसनमा रहेको र छिट्टै स्वदेश फर्किने जानकारि गराएका थिए । अहिले नेपाल प्रहरीको आग्रहमा इन्टरपोल मार्फत सन्दीपको नाम फरार अभियुक्तको सूचिमा समेत राखिएको छ ।
तपाईको प्रतिक्रिया