नेपालस्थित धरान उपमहानरगका मेयर हर्क साम्पाङ अष्ट्रेलिया आउँदै, यस्तो छ भ्रमण योजना
काठमाडौं, ब्रिजेबन । विगत १० वर्षदेखी अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका जिवन दाहालको पहलमा नेपालस्थित सुनसरीको धरान उपमहानगरका नगर प्रमुख हर्क साम्पाङ अष्ट्रेलिया आउनुहुनेभएको छ । धरानको खानेपानी लगायतका पूर्वाधार विकासमा सहयोग जुटाउने अभियानका क्रममा जेठ अन्तिम साता मेयर साम्पाङ अष्ट्रेलिया आउन लाग्नुभएको हो ।
अष्ट्रेलिया निवासी दाहालको पहलमा करिब एकसाता लामो भ्रमणका लागि धरान उपमहानगरका मेयर साम्पाङ अष्ट्रेलिया आउने र सो समयमा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ । कार्यक्रम मार्फत फण्ड संकलन गरिने र उक्ता संकलित रकम खानेपानी लगायतका पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने जनाइएको छ । असार पहिलो साता भनिएपनि भ्रमण मिति एकिन गर्न बाँकी रहेको छ । सञ्चारकर्मी समेत रहनुभएका अभियन्ता दिनेश डीसी समेत मेयर साम्पाङको साथमा अष्ट्रेलिया आउनुहुने भएको छ ।
लाहुरी टीभीको पहलमा जुन १६ र १७ तारेखमा सिड्नीमा फेस टु फेस वीथ हर्क साम्पाङ कार्यक्रको आयोजना गर्नेगरि तयारी थालिएको छ । कार्यक्रमको मिति केही हेरफेर हुनसक्ने समेत बताइएको छ । धरानका नगर प्रमुख साम्पाङले सरकारलाई भार नपर्नेगरि आफ्नै खर्चमा अष्ट्रेलिया जाने सामाजिक सञ्जाल फेसबुक मार्फत समेत घोषणा गर्नुभएको छ ।
जनश्रमदान मार्फत खानेपानी, बाटो लगायतका पूर्वाधार विकासमा योगदान दिदै आउनुभएका मेयर हर्क आफ्नो खरो बोलि र फेसबुक स्ट्याटसका कारण बेलाबेलामा बिवादमा समेत पर्दै आउनुभएको छ । सरकारली लगानी भन्दा श्रमदानमार्फत नगर क्षेत्रको विकास गर्नुपर्ने पक्षमा रहेका मेयर साम्पाङ धेरैका लागि रोलमोडल बन्दैआउनुभएको छ ।
तपाईको प्रतिक्रिया