Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअक्टोबर ३० बाट मेलवर्न युनाइट कप सुरु हुँदै, कस्तो रहँला नेपाली टिम ‘द हिमालय टाइगर्स’ को खेल ?

अक्टोबर ३० बाट मेलवर्न युनाइट कप सुरु हुँदै, कस्तो रहँला नेपाली टिम ‘द हिमालय टाइगर्स’ को खेल ?


अष्ट्रेलिया । अक्टोबर ३० बाट सुरु हुने मेलवर्न युनाइट कप २०२२ मा नेपाली खेलाडी रहेको टिम ‘द हिमालय टाइगर्स’ ले सहभागिता जनाउने भएको छ । मेलबर्न चाइनिज सकर एशोसिएशन (एमसीएसए ) ले आयोजन गर्ने यो सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा एकमात्र नेपाली टिमका रुपमा द हिमालयन टाइगर्सको सहभागिदा रहदैआएको छ ।

‘द हिमालय टाइगर्स’ नेपाली टिम

अक्टोबर ३० बाट सुरु हुने टुनामेन्टमा २४ देशबाट २४ वटै टिमले सहभागिता जनाउँदैछन् । नेपाली टिम ‘द हिमालय टाइगर्स’ रहेको समूह बीमा अष्ट्रेलिया, चाइना, सोमालिया, सिरिया र मलेसिया रहेका छन् । अष्ट्रेलियामा रहेका नेपालीहरुले स्थापित गराएको मेलबर्नस्थित ‘द हिमालय टाइगर्स’ ले पहिलो खेलका रुपमा चिनसँग प्रतिस्पर्धा गर्ने छ । यो खेल अक्टोबर ३० मा हुनेछ ।

यो वर्षको लिगमा विगतका सहभागितामा गरेका कमजोरी सुधार गर्दै फाइनल यात्राको लक्ष्यसहित ‘द हिमालय टाइगर्स’ मैदान उत्रिन लागेको क्लबका सचिव विमल गुरुङजे जानकारि दिनुभयो । अघिल्लो वर्षको लिग टुनामेन्टमा समेत ‘द हिमालय टाइगर्स’ ले सहभागिता जनाउदै लोभलाग्दो खेल प्रदर्शन गरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ