Friday, 19 June 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभिसा मिलाइदिने भन्दै ठगी गर्ने एजेन्टबाट सावधान रहन अध्यागमनको आग्रह

भिसा मिलाइदिने भन्दै ठगी गर्ने एजेन्टबाट सावधान रहन अध्यागमनको आग्रह


काठमाडौँ / अध्यागमन विभागले नेपालमा रहेका तथा नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई भिसा सम्बन्धी काममा अनधिकृत एजेन्ट र बिचौलियाबाट सावधान रहन आग्रह गरेको छ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन, व्यवसाय तथा रिलेसन/म्यारिज भिसासम्बन्धी काम गराइदिने भन्दै केही बिचौलियाले नक्कली कागजात तयार गर्ने, गैरकानुनी रूपमा बसाइ अवधि लम्ब्याउने, सरकारी शुल्कभन्दा धेरै रकम असुल्ने तथा विदेशी नागरिकलाई कानुनी समस्यामा पार्ने गतिविधि बढेको जनाएको हो।

विभागले भिसा विस्तार वा भिसा श्रेणी परिवर्तनका लागि अध्यागमन विभाग, सम्बन्धित मन्त्रालय, नेपाल पर्यटन बोर्ड, वन–स्टप सेवा केन्द्र वा पर्यटक प्रहरीजस्ता आधिकारिक निकायसँग मात्र सम्पर्क गर्न आग्रह गरेको छ। अनधिकृत माध्यम प्रयोग गरेमा प्रचलित अध्यागमन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।


ट्याग : #immigrartion, #immigrationgovnp
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ