Friday, 9 August 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepal“मन मिल्दा चमत्कार नमिले बलात्कार”, कानून सुधारको बहसमा कानूनमन्त्री चौरसिया !

“मन मिल्दा चमत्कार नमिले बलात्कार”, कानून सुधारको बहसमा कानूनमन्त्री चौरसिया !


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने कानूनमा आवश्यक सुधार गरिने बताउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै मन्त्री चौरसियाले बालबालिकाबीच सहमतिमा हुने शारिरिक सम्बन्ध पछि बलात्कारको रुपमा अदालतमा पुग्ने प्रक्रियामा सुधारको खाँचो औल्याउनुभएको हो ।

नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राख्दै मन्त्री चौरासियाले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताउनुभयो । समान उमेरका बालबालिकाबीचमा सहमतीमा हुने शारिरिक सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरु लाग्ने गरेको स्मरण गराउँदा उहाँले यस्तो कानून सुधार गर्नुपर्नेमा जोड दिनुभयो । प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने कानूनहरुमा समेत आवश्यक सुधार गरिने मन्त्री चौरसियाले बताउनुभयो ।

समिति बैठकमा सदस्यहरुले मनमिल्दा चमत्कार स्वार्थ बाझिएपछि बलात्कारको प्रक्रिया अघि बढ्ने कानुनको सुधारको पक्षमा आवाज उठाएका थिए । कानुन उल्लंघन गर्नेहरु कारबाहीको दायरामा आउनुपर्ने भएपनि सबैका लागि बराबर हुनुपर्ने कानुनले बिभेद गर्ननहुनेमा सांसद एवम् समिति सदस्यहरुको जोड थियो ।

समितिले राष्ट्रले धान्नसक्ने संशासधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरुको सुधार गर्नुपर्ने धारण राख्दै सरकारलाई सुधार थाल्न निर्देशन पनि दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ