Thursday, 21 November 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia११.५ प्रतिशतले बढ्यो नेपाल आउने रेमिट्यान्स, बढ्दैछन विदेसिने युवा !

११.५ प्रतिशतले बढ्यो नेपाल आउने रेमिट्यान्स, बढ्दैछन विदेसिने युवा !


काठमाडौं । विदेशबाट आउने रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१र८२ को तीन महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह बढेको पाइएको हो ।

आर्थिक वर्षको पहिलो ४ महिनामा विप्रेषण आप्रवाह ११ दशमलब ५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्समा विप्रेषण आप्रवाह २५दशमलब ८ प्रतिशतले बढेको थियो । पछिल्लो तथ्यांक अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधीमा २ अर्ब ७६ करोड रहेको थियो । अघिल्लो अर्थिक वर्षको पहिलो ४ महिनामा ४०४ अर्ब ७ करोड रहेको खुद वित्तिय आय खुद ट्रान्सफर चालु आवको ४ महिनामा ४४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो ४ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९३९ देखिएको छ । अघिल्लो वर्ष (संस्थागत तथा व्यक्तिगत(नयाँ) श्रम स्विकृत एक लाख १३ हजार ३९७ ले लिएका थिए । ४९ हजार २९७ जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ