एनपीएल क्रिकेट मंसिर १५ बाट सुरु हुँदै, यी ८ टिम प्रतिस्पर्धा गर्दै !
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको खेल तालिका सार्वजनिक भएसँगै खेलाडी र क्रिकेट प्रेमीमा उत्साह देखिन थालेको छ । उद्घाटन खेल मंसिर १५ गते दिउँसो सवा १२ बजे शुरु हुने भएसँगै नेपाली क्रिकेटमा उत्साह सुरु भएको हो ।
पहिलो खेलमा सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्स र आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । एनपीएल प्रतियोगिताको लिग चरणमा २८ खेल हुनेछन् । क्यानले केही दिन अघि सार्वजनिक गरेको खेल तालिका अनुसार मंसिर १५ बाट प्रतियोगिता सुरु भएर पुष ६ मा सकिनेछ । एनपीएलको पहिलो र अन्तिम खेल बाहेक अरु दिनमादुई खेल हुनेगरि तालिका बनाइएको छ । प्रतियोगिताका सबै खेल टियु मैदानमा हुँदा आठ फ्रेन्जाइज टोलीले एकअर्का विरुद्ध लिग चरणका २८ खेल खेल्नेछन् । अंकतालिकाको आधारमा एलिमिनेटर र क्वालिफायर खेल हुनेछन् ।
यस्तो छ एनपीएल खेल तालिका :
– मंसिर १५ गते हुने उद्घाटन खेलमा सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्स र आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् ।
– मंसिर १७ गते सोमबार दुई खेल हुनेछन् । विहान सवा ९ बजे नेपाली राष्ट्रिय टोलीका राइट आम फास्ट बलरका रुपमा रहेका करण केसी मार्की खेलाडी रहेको काठमाडौँ र नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ल मार्की खेलाडी रहेको चितवन पहिलो जितको खोजिमा हुनेछन् । दिउसो १ः१५ मा हुने अर्काे खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
– मंसिर १८ गते विहान ९ः१५ मा नेपाली राष्ट्रिय क्रिकेट टोली अलराउन्डर समेत रहेका दिपेन्द्रसिंह एैरी मार्की खेलाडी रहेको सुदुरपश्चिम रोयल्र्स र सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्स विच प्रतिष्पर्धा हुनेछ । दिउसो १ः१५ मा कुशल मल्ल मार्की खेलाडी रहेको चितवन राइनोज र नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडी रहेको पोखरा एभेन्जर्स विचको खेल हुनेछ ।
– मंसिर १९ गते बुधबार विहान ९ः१५ मा हुने खेलमा कर्णाली याक्स र काठमाडौं गुरखाज भिड्नेछन् । दिउसो १ः१५ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले सन्दीपको विराटनगरलाई चुनौती दिनेछ ।
– मंसिर २० गतेबिहीबार विहान ९ः१५ मा हुने खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्नेछन् । दिउसो १ः१५ मा हुने खेलमा काठमाडौं गुरखाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
– मंसिर २१ गते शुक्रबार विहान ९ः१५ मा हुने खेलमा कर्णाली याक्स र चितवन राइनोज भिड्नेछन् । दिउसो १ः१५ हुने खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
– मंसिर २२ गते शनिबार विहान ९ः१५ मा हुने खेलमा लुम्बिनी लायन्स रसुदूरपश्चिम रोयल्स भिड्नेछन् । दिउसो १ः१५ मा हुने खेलमा कर्णाली याक्स रजनकपुर बोल्ट्स भिड्नेछन् ।
– मंसिर २३ गते आइतबार विहान ९ः१५ मा हुने खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् । दिउसो १ः१५ मा हुने खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।
– मंसिर २५ गते मंगलबार विहान ९ः१५ मा हुने खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् । दिउसो १ः१५ हुने खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
– मंसिर २६ गते बुधबार विहान ९ः१५ मा हुने खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दिउसो १ः१५ हुने खेलमा काठमाडौं गुरखाज र लुम्बिनी लायन्स भिड्नेछन् ।
— मंसिर २७ गते बिहीबार विहान ९ः१५ मा हुने खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्नेछन् । दिउसो १ः१५ हुने खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुरखाज भिड्नेछन् ।
– मंसिर २८ गते शुक्रबार विहान ९ः१५ मा हुने खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्नेछन् । दिउसो १ः१५ हुने खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोज भिड्नेछन् ।
– मंसिर २९ गते शनिबार विहान ९ः१५ मा हुने खेलमा पोखरा एभेन्जर्स रकाठमाडौं गुरखाज भिड्नेछन् । दिउसो १ः१५मा हुनेखेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।
– मंसिर ३० गतेआइतबार विहान९ः१५मा हुने खेलमा बिहानस् विराटनगर किंग्स र काठमाडौं गुरखाज भिड्नेछन् । दिउसो १ः१५ मा हुने खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
– पुस १ गते सोमबार विहान ९ः१५ मा लिगचरणको अन्तिम खेलमा दुई छिमेकी टोली सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्नेछन् ।
यसपछि एनपीएलमा एलिमिनेटर खेल हुनेछ । क्यानका अनुसार पुष ३ गते बुधबार एलिमिनेटर खेल हुनेछ । तेस्रो स्थानमा रहेका टोली र चौथो स्थानमा रहेका टोली विच हुने खेलको विजेता टोली क्वालिफायरमा पराजित टोलीसंग फाइनल प्रवेशका लागि भिड्नेछ । एलिमिनेटर खेल बिहान ९ः१५ मा सुरु हुनेछ । यस्तै सोहि दिन क्वालिफायर टोलीको दिउँसो १ः१५ मा खेल हुनेछ । पहिलो स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली विचको क्वालिफायर खेल जित्ने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने हार्ने टोली एलिमिनेटरको विजेतासंग खेल्नेछ । एलिमिनेटर खेल विजेता टोली र क्वालिफायरमा पराजित टोली विच पुष ४ गते बिहीबार दिउसने १२ः१५ मा खेल हुनेछ । क्याललिफायरको पराजित टोली र एलिमिनेटरको विजेता टोली विचको खेल जित्ने टोली क्वालिफायरको जितेता टोसीसंग फाइनलमा भिड्नेछ ।
फाइनल खेल पुष ६ का दिन हुनेछ । फाइनल खेल नेपाल समयअनुसार टियु मैदानमा दिउसो १२ः१५ मा हुनेगरि खेल तालिका सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया