Friday, 5 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalहरेक हवाई उडानमा ‘माउन्टेन फ्लाइट’ कै अनुभव (फोटो डायरी)

हरेक हवाई उडानमा ‘माउन्टेन फ्लाइट’ कै अनुभव (फोटो डायरी)


काठमाडौं । संसारका धेरै देशहरूमा हवाई जहाज उड्नु सामान्य दैनिक प्रक्रिया मानिन्छ । तर नेपालमा उड्ने प्रत्येक फ्लाइट, चाहे त्यो काठमाडौं–पोखरा होस्, जनकपुर–काठमाडौं होस्, धनगढी, विराटनगर वा नेपालगन्ज मुगु नै किन नहोस् यात्रुले माउन्टेन फ्लाइटमा उडेको अनुभूति पाउछन् ।

Mountain range seen from Kathmandu to Pokhara flight . Photo: Prakash Chandra timilsena/Nepal Photo Library

तराई क्षेत्रमा निश्चित रुटमा उडान भरेपनि पहाडमा पाइलटले आफैं बाटो बनाउने संसारकै दुर्लभ अभ्यास नेपालका उडानमा हुन्छ । एयरलाइन्सको तथ्यांक अनुसार सगरमाथाको दृश्यावलोकनका लागि मात्र हरेक वर्ष २५–३० हजारले यात्रा गर्छन् । तर, देशको अद्‌भूत सुन्दरताका कारण नेपालका आन्तरिक यात्रुहरू प्रत्येक दिन, प्रत्येक फ्लाइटमा ‘माउन्टेन फ्लाइट’ कै जस्तो अनुभव गरिरहेका हुन्छन् ।

Mountain range seen from Kathmandu to Dhangadi flight . Photo: Prakash Chandra timilsena/Nepal Photo Library

काठमाडौंबाट उडान सुरु भएसँगै देखिने गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला, पोखरा जाने क्रममा माछापुच्छ्रे हिमालसँगै स्वागतका लागि उभिएझैँ देखिने अन्नपूर्ण, कञ्‍चन धौलागिरी, नेपालगन्ज वा सुर्खेत र धनगढीसम्मको उडानमा देखिने कान्जिरोवा साईपाल र अपिको सुन्दरताले हरेको यात्रालाई हिमालय पर्वतको दर्शनका लागि निस्किएको भक्तजस्तै महसुस गराउँछ ।

Mountain range seen from Kathmandu to Dhangadi flight . Photo: Prakash Chandra timilsena/Nepal Photo Library



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ