Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक

सिड्नीमा एक नेपाली युवतीलाई कारले दियो ठक्कर, अवस्था चिन्ताजनक


सिड्नी/ सिड्नीको ग्रान्भिलमा कारले ठक्कर दिदा एक नेपाली विद्यार्थी युवती गम्भिर घाइते हुनुभएको छ । टाउकोमा गहिरो चोट लागेको घाइतेको वेष्टमिड अस्पतालमा उपचार भइरहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ । मंगलबार बिहान ५ बजेतिर सडक पार गर्ने क्रममा तिब्र गतिमा आइरहेको कारले २१ वर्षिय सुष्मिता लामालाई ठक्कर दिएको हो । घटनास्थल पुगेको पारामेडिक्सले केही उपचार गरि अस्पताल लगेको थियो । कारका चालक ५३ वर्षिय पुरुष घाइते नभएपनि अनिवार्य स्वास्थ्य परिक्षण लागि अस्पताल लगिएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।


एक महिना अघि मात्रै अष्ट्रेलिया आउनु भएकी सुष्मिता बिहानै काम जाने क्रममा दुर्घटना भएको हो । सुष्मिताको अवस्था बुझ्न अस्पतालमा उनलाई अष्ट्रेलिया आउन सहयोग गरेको हिमालयन वल्डवाइड एजुकेशन कन्सलटेन्सीकी प्रमुख रोशनी श्रेष्ठ र उनी अध्ययनरत अष्ट्रेलियन हार्बड इन्टरनेशनल केलजका शिक्षकहरु पुग्नुभएको छ । रोशनीले दिएको जानकारी अनुसार टाउकोमा चोट लागेका कारण सुष्मितालाई आंशिक पारालाइसिस समेत देखिएको छ । मंगलबार नै टाउकोको अप्रेसन भएको छ भने हाल उनको आइसियुमा उपचार भइरहेको छ ।

सुष्मिताको अभिभावकलाई बोलाउनका लागि आवश्यक तयारी भइरहेको समेत रोशनीले जानकारी दिनुभयो । काठमाडौंकी बासिन्दा सुष्मिता गत डिसेम्बर २१ तारिखमा डिप्लोमा इन अकाउन्टिङ्ग पढ्न सिड्नी आउनु भएको थियो ।


ट्याग : #Australia, #road accident, #sushmita lama, #sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ