अस्ट्रेलियामा सांसदलाई गाडीले दियो दुई पटक ठक्कर, चालक पक्राउ

अस्ट्रेलियामा सांसद हेलन हेन्सलाई गाडीले दुई पटक ठक्कर दिएको छ। गम्भीर घाइते सांसदको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित वाङ्गाराटामा सोमबार दिउँसो आफ्नै निर्वाचन क्षेत्रको कार्यालयबाहिर रहनु भएकी ६५ वर्षीया सांसद हेन्सलाई गाडीले ठक्कर दिएको थियो।
गृहमन्त्री टोनी बर्कले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै चालकले गाडी फर्काएर सांसदलाई दोस्रो पटक पनि ठक्कर दिएको बताउनुभएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि यो दुर्घटना नभइ नियोजित कार्य भएको एक अन्तरवार्तामा भन्नुभएको छ।
तर आक्रमणको उद्देश्य भने अहिलेसम्म स्पष्ट नभएको बताउनु भएको छ।
सांसद हेन्सको एउटा खुट्टामा चोट लाग्नुका साथै उहाँको अवस्था गम्भीर छ।
घटनाबारे भिक्टोरिया प्रहरी, अस्ट्रेलियन फेडरल प्रहरी र सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




