NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

फ्रान्समा आन्दोलन चर्किएपछि विभिन्न सहरमा कर्फ्यु

Nepaltube Australia

फ्रान्समा आन्दोलन चर्किएपछि राजधानी पेरिससहित विभिन्न सहरमा रातिको कर्फ्यु लगाइएको छ।

पेरिसका केही क्षेत्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू गरिएको छ।

मार्सेली, बोर्डो, नाइस, लियोन र लिलमा पनि आंशिक कर्फ्यु लगाइएको छ।

गत महिना विद्यालयको अवस्था सुधारको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलन देशव्यापी बनेको हो।

आन्दोलनकारीले महँगीलगायत अन्य मुद्दा पनि उठाएका छन्।

गृहमन्त्री लरेन्ट नुनेजले केही सहर प्रहरीको नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन्।

एएफपीका अनुसार प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी पक्राउ परेका छन् भने करिब १ हजार प्रहरी अधिकारी घाइते भएका छन्।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार