सिड्नी विमानस्थलमा सुरक्षा कर्मचारीको हडताल, यात्रुलाई समयमै पुग्न आग्रह
नेपालट्युब

अस्ट्रेलियाको सिड्नी विमानस्थलमा कार्यरत सुरक्षा कम्पनी सर्टिस सेक्युरिटीका सयौँ कर्मचारीले शुक्रबार हडताल गरेका छन्।
ट्रान्सपोर्ट वर्कर्स युनियन (टीडब्लूयू) को आह्वानमा कर्मचारीहरूले बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म काम रोकेका हुन्।
पूर्णकालीन रोजगारीको ग्यारेन्टी, निश्चित कार्यतालिका र कार्यघण्टा कटौती रोक्नुपर्ने माग राख्दै कर्मचारीहरू हडतालमा उत्रिएका हुन्।
हडतालका कारण उडान रद्द नहुने भए पनि सुरक्षा जाँचमा लामो समय लाग्न सक्ने जनाइएको छ।
ढिलाइका कारण उडान छुटेमा एयरलाइन्सले क्षतिपूर्ति नदिने भएकाले यात्रुलाई सामान्यभन्दा चाँडै विमानस्थल पुग्न आग्रह गरिएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




