दसैँ मनाउन असोजमा १ लाख ८६ हजार नेपाली स्वदेश फर्किए

दसैँ मनाउन असोज महिनामा १ लाख ८६ हजार नेपाली विदेशबाट स्वदेश फर्किएका छन्।
अध्यागमन विभागका अनुसार रोजगारी तथा अन्य कामका लागि विदेशिएका नेपाली चाडपर्व मनाउन नेपाल आएका हुन्।
यस्तै, असोज महिनामा १ लाख १५ हजार विदेशी पर्यटक नेपाल आएका छन्।
तीमध्ये अमेरिकाबाट १३ हजार ६ सय, भारतबाट १३ हजार ४ सय र चीनबाट १२ हजार ४ सय पर्यटक आएका छन्।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





