NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

भिक्टोरियामा भिसा मनोनयनका लागि नयाँ प्रणाली लागू

तेजस्वी कुँवर

अष्ट्रेलियाको भिक्टोरिया राज्यले सब-क्लास १९० (स्थायी) र ४९१ (क्षेत्रीय) भिसा मनोनयनका लागि ९५० अंकको नयाँ ‘Victorian Points Test (VPT)’ प्रणाली लागू गरेको छ।

यसअघि संघीय सरकारको प्रणालीमा आधारित रहँदै आएकोमा अब भिक्टोरियाले Registration of Interest (ROI) छनोट गर्न आफ्नै मापदण्ड तय गरेको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस मेलबर्नका माइग्रेसन एजेन्ट सरोज शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ प्रणालीअनुसार २० देखि २९ वर्ष उमेर समूहका आवेदकले सबैभन्दा बढी ३०० अंक तथा अंग्रेजीमा दक्षता हुनेले २०० अंक प्राप्त गर्नेछन्।

त्यस्तै, कार्य अनुभवका आधारमा १०० अंकसम्म, पिएचडी तहको अध्ययनमा १०० अंक र दक्ष पार्टनर भए थप ५० अंक दाबी गर्न सकिने उहाँको भनाइ छ।

वार्षिक १ लाख ७० हजार डलरभन्दा बढी कमाउने दक्ष कामदारले अधिकतम १५० अंक पाउने व्यवस्था गरिएको छ।

नयाँ मापदण्ड लागू भएसँगै पिआर आवेदन दिन चाहने सम्पूर्ण उम्मेदवारहरूले अनिवार्य रूपमा नयाँ ROI (Registration of Interest) पेस गर्नुपर्ने उहाँले बताउनुभयो।

गलत अंक दाबी गरी ROI छनोट भए पनि पछि राज्य मनोनयन अस्वीकृत हुने भएकाले आधिकारिक कागजातका आधारमा मात्र आवेदन दिन उहाँले आग्रह गर्नुभएको छ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार