फर्पिङबाट ७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
नेपालट्युब

काठमाडौंमा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल भित्र्याउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकालीको फर्पिङबाट ७२ हजार ८० क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।
सोमबार बिहान करिब साढे ४ बजे फर्पिङ बसपार्कमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको कारको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




