विराटनगरका टार्जन बुढाथोकीलाई अस्ट्रेलियाको बहुसांस्कृतिक अवार्ड

विराटनगरका नेपाली युवा उद्यमी टार्जन बुढाथोकी अस्ट्रेलियाको भिक्टोरियन मल्टिकल्चरल ‘अवार्ड्स फर एक्सिलेन्स २०२६’ बाट सम्मानित हुनुभएको छ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बुधबार, अक्टोबर १४ मा आयोजित समारोहमा बुढाथोकीलाई ‘बिजनेस एन्ड इम्प्लोइमेन्ट अवार्ड’ को व्यक्तिगत विधामा पुरस्कृत गरिएको हो।
भिक्टोरियन मल्टिकल्चरल कमिसनले बहुसांस्कृतिक समुदायमा योगदान पुर्याउने व्यक्तिलाई यो अवार्ड प्रदान गर्दै आएको छ।
सन् २०१८ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा बुढाथोकी अस्ट्रेलिया पुग्नुभएको थियो। तीन जना साथी मिलेर सन् २०२४ मा स्थापना गर्नुभएको स्वास्थ्य जनशक्ति कम्पनी ‘बेस्ट नर्सिङ एजेन्सी’ (बिएनए) का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुनुहुन्छ।
बिएनएमार्फत नर्स, सपोर्ट वर्कर र एलाइड हेल्थ क्षेत्रमा कार्यरत जनशक्तिलाई रोजगारी उपलब्ध गराउँदै आएको छ।
बुढाथोकीले अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी, कार्यस्थल अधिकार र मानसिक स्वास्थ्य सचेतनाका क्षेत्रमा पनि काम गर्दै आएको बुढाथोकीले बताउनुभएको छ। सो कम्पनीमा ९० प्रतिशतभन्दा बढी कामादर माइग्रेन्ट रहेको उहाँको भनाइ छ।
यसअघि सन् २०२४ मा स्टडी मेलबर्नले उनलाई ‘इमर्जिङ लिडर–इन्टरनेसनल एलुम्नाई अवार्ड’को राज्यस्तरीय फाइनलिस्ट घोषणा गरेको थियो। सन् २०२३ मा भिक्टोरियाको विधान परिषद्मा मन्त्री एन्भर एर्दोगानले पनि उनको कामको प्रशंसा गरेका थिए।
पुरस्कारले आफूलाई थप यस क्षेत्रमा काम गर्न प्रोत्साहन गरेको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




