नेपालले जोगायो ओडीआई मान्यता: एसीसी
नेपालट्युब

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले जनाएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको हो।
ओमानको अल अमेरात क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८० रन बनाएको थियो। जवाफमा ओमानले ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
नेपालको ओडीआई मान्यता सुरक्षित भएको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भने छुट्टै औपचारिक घोषणा गरेको छैन।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…




