भिक्टोरियामा सार्वजनिक यातायातको भाडा हप्ताको ३० डलरमा सीमित गर्ने लेबरको घोषणा
नेपालट्युब

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा लेबर पार्टी पुनःनिर्वाचित भए सार्वजनिक यातायातको भाडा हप्ताको अधिकतम ३० अस्ट्रेलियन डलरमा सीमित गर्ने घोषणा गरेको छ।
यो योजना सन् २०२७ जनवरी १ देखि दुई वर्षसम्म लागू गर्ने प्रस्ताव गरिएको छ। यसबाट नियमित यात्रुले वार्षिक १ हजार ४ सय डलरभन्दा बढी बचत गर्न सक्ने पार्टीको दाबी छ।
कन्सेसन कार्डवाहकका लागि हप्ताको १५ डलर भाडा तोकिएको छ भने बालबालिकाले निःशुल्क यात्रा गर्न पाउनेछन्।
त्यस्तै, निजी सवारीसाधन प्रयोगकर्ताका लागि टोल शुल्क पनि हप्ताको ३० डलरमा सीमित गर्ने लेबरको योजना छ।
यस योजनामा २० करोड ६० लाख डलर खर्च हुने अनुमान गरिएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…



