विपक्षीको आप्रवासन नीतिले अर्बौँं डलर भार थप्ने टोनी बर्कको चेतावनी

अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विपक्षी लिबरल–नेसनल गठबन्धनले प्रस्ताव गरेको कडा आप्रवासन नीतिको आलोचना गर्दै यसले राज्यको बजेटमा अर्बौँ डलरको अतिरिक्त भार थप्ने चेतावनी दिएका छन्।
गठबन्धनले भिसाको अवधि सकिएपछि पनि अष्ट्रेलियामा बसिरहेका व्यक्तिलाई नियन्त्रणमा लिने, भिसा रद्द गर्ने र देशनिकाला गर्ने प्रस्ताव अघि सारेको छ।
मन्त्री बर्कका अनुसार उक्त योजना कार्यान्वयन गर्न अध्यागमन हिरासत केन्द्रहरूको ठूलो मात्रामा विस्तार गर्नुपर्ने हुन्छ। उहाँले यस्तो योजना आर्थिक रूपमा गैरजिम्मेवार र व्यावहारिक रूपमा जटिल हुने बताउनुभएको छ।
अष्ट्रेलियामा आप्रवासनको सीमा, आवासको उपलब्धता र जीवनयापनको बढ्दो लागत प्रमुख राजनीतिक मुद्दा बनिरहेका बेला सरकार र विपक्षी गठबन्धनबीच यस विषयमा विवाद चर्किएको छ।
सरकारले भने आप्रवासन प्रणालीमा दिगो, व्यावहारिक र सन्तुलित सुधार आवश्यक रहेको बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





