Wednesday, 17 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहेल्प नेपालको परोपकारी काम,  विद्यार्थीदेखि विपन्न र विरामीसम्मलाई दरिलो साथ

हेल्प नेपालको परोपकारी काम,  विद्यार्थीदेखि विपन्न र विरामीसम्मलाई दरिलो साथ


काठमाडौं । परोपकारी संस्था हेल्प नेपाल नेटवर्क HELP NEPAL Network (HeNN) ले यो वर्ष देशका दुर्गम देखि शहरसम्म विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य, बाल–संरक्षण, महिला सशक्तिकरण र आपतकालीन राहतकाे क्षेत्रमा काम गरेको छ ।

संस्थाले यस वर्ष सिन्धुपाल्चोकस्थित श्री सिपाटिङघरे संस्कृत माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण, दोलखाको श्री राजकुलेश्वर आधारभूत विद्यालयमा १ जना इंग्लिश मिडियम शिक्षक र १ जना मोंटेसरी केयरटेकरका लागि एक वर्षको तलब सहयोग गरेको छ ।

यस्तै , श्री पञ्चकन्या आधारभूत विद्यालयमा ४ शिक्षकको तलब तथा अतिरिक्त पाठ्यक्रम पुस्तक खरिदमा सहयोग गरेको छ । प्युठान, डोटी, धुलिखेललगायतका विद्यालयमा ट्र्याकसुट, स्कूल झोला, सुरक्षा प्यानल लगायतका सामग्री वितरण गरेको छ ।

डोल्पाको महिला सामुदायिक सेवा समाज अनाथालयमा शैक्षिक सामग्री वितरण गरेको हेल्प नेपाल नेटवर्कले धुलिखेल बालगृहमा E–Library स्थापना गरेर सहयोग गरेको छ ।  यस्तै, रसुवा , आछाम र वैतडी जिल्ला का ३ वटाप्रथमिक विद्यालयमा पुस्तकालय, सौचालय तथा खाने  पानी ट्यांकी निर्माणसँगै २०० भन्दा धेरै विधार्थीलाई न्यानो कपडा , झोला र पानी बोतल  विरतण गरेको  छ ।

मुगु जिल्लामा सन् २००४ मा स्थापना भएको  हेल्प नेपाल स्वास्थ्य चौकीमार्फत स्थानीयवासीको उपचारमा साथ दिदै आएको हेल्प नेपाले बर्दिया–बारबर्दिया-नगर-अस्पतालमा  पोर्टेबल USG मेसिन, Infant Radiant Warmer र आपतकालीन ट्रली सहयोग गरेको छ । तिलगंगा आँखा अस्पतालसँग सहकार्यमा गरेर आँखा उपचार शिविरसँगै मुगुमा HPV खोप अभियान सञ्चालन गरेको छ ।

दन्त शिविर, भिटामिन ‘ए’ अभियान, किशोरीहरूका लागि एच.पी.भी. खोप अभियान जस्ता सेवा सञ्चालन गरेको संस्थाले बाजुराका ६०० किशोरी तथा महिलालाई नि : शुल्क स्यानेटरि प्याड वितरण गर्न लागेको छ ।

नेपाली द्वारा नेपाल र नेपाली का लागी भन्दै संचालित परोपकारी संस्था HELP NEPAL Network (HeNN) ले नेपालका दुर्गम गाउँमा पुगेर शिक्षा, स्वास्थ्य, दैवी प्रकोपको उद्दार, राहत, प्राकृतिक विपत्तिमा साहारा दिने र पुनःस्थापनासम्मको काम निरन्तर गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ