Monday, 29 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalपूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयाेगमा बयान दिने

पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयाेगमा बयान दिने


काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना बारे आज सरकारबाट गठित जाँचबुझ आयोगमा बयान दिदैहुनुहुन्छ । आयोगको कार्यालयमा घटनाको जानकारी गराउन दिउँसो १२ बजे उहाँ पुग्नुहुनेछ ।

आयोगमा गएर घटनाबारे छलफल गरेपछि लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ