NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

रास्वपा-बालेन भागबण्डा : समानुपातिक बन्द सूचीमा ७०/४० बाँडफाँड

Nepal Tube

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउदा बालेन शाहको भागबाट ४० जनाको नाम समेटिने भएको छ । ७ बुँदे सहमतिमा यो भागबण्डाको विषय नसमेटिए पनि रवि लामिछाने र बालेनबीच आइतबार बिहान यस्तो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम रहेकाले छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनुपर्नेमा अब आन्तरिक भोटिङमा लोकप्रिय मत पाउनेमध्येबाट रास्वपाका ७० जना र बालेन पक्षका ४० जना बन्द सूचीमा रहनुहुनेछ ।

समानुपातिकतर्फ शाह पक्षबाट बुझाउनुपर्ने ४० जनाको नाममा विभिन्न जेनजी समूहका अगुवा र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरु समेटिने बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार