जेन जि युवाको असल नियतमै घुसपैठ हुँदा देशमा ठूलो क्षति: पुर्वगृहमन्त्री लेखक
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोग मात्रै नभएर बयानका लागि जहाँपनि उभिन तयार रहेको बताउनुभएको छ । आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो ।
आफूले गृहमन्त्रीका रुपमा जेन जि आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश नदिएको, देशमा अशान्ति हुने, बलपूर्वक दबाउने बारे पूर्व निर्णय नभएको निवर्तमान गृहमन्त्री लेखकले बताउनुभयो । आन्दोलनको सुरक्षा र बलप्रयोग बारे सम्बन्धित सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाटै कानुन अनुसार निर्णय हुने उहाँको जवाफ छ ।
जेन जि युवाहरूको असल नियत र शान्तिपूर्ण आन्दोलनमा नियोजित घुसपैठबाट देशमा ठूलो क्षति भएको, युवाहरुले ज्यान गुमाउनुपरेको तत्कालीन गृहमन्त्री लेखकले जिकिर गर्नुभएको छ ।
यस्तो छ लेखकले जाँचबुझ आयोगमा दिएको बयान : final draft ramesh lekhak
















तपाईको प्रतिक्रिया