Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नेपाली सिकारु चालकले कुदाएको कारको ठक्करबाट एक पुरुषको निधन

अष्ट्रेलियामा नेपाली सिकारु चालकले कुदाएको कारको ठक्करबाट एक पुरुषको निधन


सिड्नी/नेपाली सिकारु चालकले कुदाइरहेको कारले ठक्कर दिदा एक पुरुषको निधन भएको छ । न्यु साउथ वेल्स राज्यको डब्बो क्षेत्रमा एक नेपाली युवती सिकारु चालकले कुदाइरहेको गाडीले विपरित दिशाबाट आइरहेको कारलाई ठक्कर दिएको हो । ठक्करबाट अर्को कारको चालक ६७ वर्षिय पुरुषको घटना स्थलमा निधन भएको न्यु साउथ वेल्स प्रहरीले विज्ञप्ती मार्फत जनाएको छ

आइतबार दिउसो साढे ४ बजेतिर २४ वर्षिय नेपाली युवतीले छेउमा सुपरभाइजर चालक राखेर गाडी चलाउदै थिईन् । घुम्न गएर फर्कदै गर्दा हाइवेमा ती युवतीले अगाडी पछाडी एल स्टिकर टासेर कार कुदाइरहेकी थिईन् । पछाडीबाट आइरहेको ट्रकले ओभरटेक गर्ने बेलामा अत्तालिएपछि अगाडीबाट आइरहेको कारसंग ठोक्किन पुगेको बताइएको छ ।

युवतीले चलाएको कारमा सुपरभाइजर  र पछाडीको सिटमा २७ वर्षिय युवती र ११ महिनाको बच्चा यात्रा गरिरहेका थिए । दुर्घटनामा अर्को कारको यात्रु ६४ वर्षिय महिला पनि गम्भीर घाइते अवस्थामा हेलिकप्टरबाट वेष्टमिड अस्पताल लएिको छ । उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

कार चालक युवती र महिला यात्रु र सुपरभाइजर चालकको अवस्था सामान्य छ । ११ महिने बच्चालाई भने निगरानीका लागि वेष्टमिड बाल अस्पताल लगिएको छ ।
चालक युवती र सुपरभाइजर चालकको अनिर्वाय स्वास्थ्य परिक्षण र बयान लिएर छोडिएको छ । नेपालट्युबलाई प्राप्त जानकारी अनुसार नेपाली युवती विद्यार्थी हुन् भने हालै उनले लर्नर लाइसेन्स लिएका थिए । सुपरभाइजर चालकसंग भने दुइ वर्ष पुरानो फुल लाइसेन्स छ । न्यु साउथ वेल्समा एक वर्ष पुरानो फुल लाइसेन्स भएको चालकको निगरानीमा सिकारु चालकले गाडी चलाउन पाउछन् । युवतीको तर्फबाट कानुनी सल्लाह लिने कार्य भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ