रास्वपा समानुपातिक उम्मेदवारबाट पछि हट्नुभयो डा. त्रिशाला गुरुङ, कारण यस्तो
काठमाडौं । उज्यालो नेपाल पार्टीको तर्फबाट रास्वपा समानुपातिक उम्मेदवारमा नाम सिफारिस गरिनुभएकी डा. त्रिशाला गुरुङले नाम फिर्ता लिने निर्णय गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा डा. गुरुङले लेख्नुभएको छ – “मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो।”
समानुपातिकमा नाम नपरेको भन्दै धेरैले गुनासो गरिरहदा उहाँले राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
















तपाईको प्रतिक्रिया