अस्वस्थ बन्दै काठमाडौं, यस्तो छ वायु गुणस्तर
काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । आज दिउसो एक्यूआईमा मापन गरिएको वाय प्रदूषणले इन्डेक्स (१९३) ले अस्वस्थताको तह नाघ्न लागेको हो ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज दिउँसोको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९३ रहेको छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० प्राय सबैका लागि अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाडौं लगायत नेपालका शहरी क्षेत्रमा प्रदुषण उच्च बन्दा जनस्वास्थ्यमा जोखिम बढिरहेको छ ।
















तपाईको प्रतिक्रिया