सकियो मतपत्र छपाइको काम, १० दिनभित्र सबै जिल्लामा पुग्ने
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरेको हो । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले ४२ दिनको समय दिइएकोमा ४० दिनमै प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइको काम सोमबार साँझबाट सम्पन्न भएको बताउनुभयो ।
आजबाटै विचरण थाल्ने जनाएको आयोगले अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याउने बताएको छ । कर्णाली र सुदूरपश्चिममा यसअघि नै आयोगले मतपत्र पुर्याएको छ ।
















तपाईको प्रतिक्रिया