धनगढीमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको एक्सपो
काठमाडौं । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सपो आयोजना गरेको छ ।
धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आज बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना गरिएको एक्पोमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु र अभिभावकको बाक्लो उपस्थिति देखिएको छ । परामर्शका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका डाईरेक्टर दिपेन्द्रप्रसाद चौधरीले नेपालट्युबलाई जानकारि दिनुभएको छ ।
एक्सपोमा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहेको छ । अष्ट्रेलिया लगायतधका देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि शैशिक परामर्श र सहि कलेज छनौँटका लागि यो एक्सपो उपयोगी हुनेछ । धनगढीस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले हरेक वर्ष विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श दिने एक्सपो आयोजना गर्दै आएको छ ।
एक्सपर्टले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्डका लागि विद्यार्थी भिसासँगै परामर्शको काम गर्दै आएको छ ।
















तपाईको प्रतिक्रिया