Tuesday, 17 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको नेपाली मार्टमा छुरा प्रहार : एक जनाको मृत्यु, २ जना घाइते

सिड्नीको नेपाली मार्टमा छुरा प्रहार : एक जनाको मृत्यु, २ जना घाइते


काठमाडौं । सिड्नीको पश्चिमी क्षेत्र मेरील्याण्ड्सस्थित नेपाली मिनी मार्ट क्षेत्रमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

नेपाली मिनीमार्टमा २ जनालाई छुरा प्रहार गरेर बाहिर फुटपाथमा निस्किएका व्यक्तिले प्रहार गरेको छुराबाट एक जनाको घटनास्थलमै ज्यान गएको एनएसडब्लु प्रहरीले जानकारी दिएको हो ।
मार्टमै छुरा प्रहार गरिएपछि गम्भिर घाईते बनेका दुई जनाको उपचार भइरहेको बताइएको छ । मृतकको औपचारिक पहिचान भने प्रहरीले खुलाएको छैन ।

स्मिथ स्ट्रिटबाट एक जना संकास्पद व्यक्तिलाई पक्राउ गरेर प्रहरीले ग्रानभिल प्रहरी चौकी लगेको छ । घटना बारे थप जानकारी भए प्रहरीलाई सहयोग गर्न समेत आह्वान गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ