Monday, 23 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १७ जनाको मृत्यु,२४ घाइते

पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १७ जनाको मृत्यु,२४ घाइते


काठमाडौं । पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ ।

ग१ख १४२१ नम्बरको बस दुर्घटनामा परेर घाइते भएका २४ जनालाई उद्दार गरेर उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । प्रहरीका अनुसार बस बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटना लगत्तै शसस्त्र प्रहरीको गोताखोरसहितको टोलीले घटनास्थलमा पुगेर उद्दार गरेको थियो । दुर्घटनाको कारण भने खुल्न बाँकी छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ