मध्यपूर्वी देशका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको अनुरोध
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) ले मध्यपूर्वी देशहरूमा बसोबास गर्ने करिब १९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
संघले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न, स्थानीय अवस्थाबारे नियमित जानकार रहन र नेपाली राजदूतावास तथा सम्बन्धित निकायसँग सम्पर्कमा रहन सुझाव दिएको छ । संघले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई समेत नेपालीलाई सुरक्षित बनाउन तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
विश्वभरका नेपालीको सुरक्षा एनआरएनएको प्रमुख दायित्व भएको भन्दै आवश्यक परेको खण्डमा हरेक खालका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
















तपाईको प्रतिक्रिया