Monday, 9 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमध्यपूर्व संकटको असर : बढ्न थाल्यो अष्ट्रेलियामा इन्धनको मूल्य

मध्यपूर्व संकटको असर : बढ्न थाल्यो अष्ट्रेलियामा इन्धनको मूल्य

अनावश्यक स्टक नराख्न सरकारको आग्रह 


काठमाडौं । अष्ट्रेलियामा मध्यपूर्व संकटका कारण इन्धनको  मूल्य बढ्दै गएपछि सरकारले पेट्रोलम परार्थ र खानेकुरा हतारमा किनमेल नगर्न आग्रह गरेको छ ।

अष्ट्रेलियाका ट्रान्सपोर्ट (यातायात ) मन्त्री क्याथरीन किङले आपूर्ति पर्याप्त रहेको र आर्थिक असर आउने भए पनि नियन्त्रणमा रहेको जानकारी दिनुभएको हो । उहाँले स्टक राख्ने हतारो नगर्न सचेत गराउनु  भएको छ । यता, वेस्टर्न  अष्ट्रेलियामा किसानहरूले डिजेल पाउन कठिनाइ भोगिरहेका छन् भने विपक्षी नेताहरूले आपूर्ति सुनिश्चित गर्न सरकार र Australian Competition and Consumer Commission (ACCC) लाई ध्यानाकर्षण गराएका छन्।

सरकारले इन्धन सुरक्षामा पहिलेको तुलनामा बलियो तयारी भएको र आपूर्ति निरन्तर राख्न योजना बनाइएको जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ