Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडार्विनको हेरचाह केन्द्रका बालक मृत्यु घटना, वास्तविकताको खोजीमा प्रहरी !

डार्विनको हेरचाह केन्द्रका बालक मृत्यु घटना, वास्तविकताको खोजीमा प्रहरी !


ब्रिजबेन । डार्विनको बाल हेरचाह केन्द्रमा एक बालकको अचानक मृत्यु भएको घटनाबारे प्रहरीले गहन रुपमा अनुसन्धान अघि बढाएको छ । नर्दन टेरिटोरी पुलिसले २०२३ सेप्टेम्बर २ शनिबार डार्विनमा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा गम्भीर विरामी भएका बालकको उपचारका क्रममा भएको अप्रत्याशित मृत्युको घटनामाथी थप अनुसन्धान गरिरहेको जानकारि दिएको हो ।

सेन्ट जोन एनटीका प्रवक्ताले अगस्ट ३१ मा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा बालक गम्भीर अवस्थामा भेटिएपछि प्यारामेडिकहरूलाई बोलाइएको जानकारी दिनुभएको छ । यसपछि गम्भिर अवस्थामा रहेका बालकलाई रोयल डार्विन अस्पताल लगिएको भएपनि २ दिनपछि मृत्यु भएको बताइएको छ । घटना के कति कारणले घट्यो ? भन्नेबारे अनुसन्धान थालेको प्रहरी अहिले स्थलगत तथ्यसहितका विभिन्न शंकास्पद प्रमाणको खोजीमा ब्यस्त छ ।

नर्दन टेरिटोरी प्रहरीले घटनाको वास्तविकता बाहिर ल्याउने दाबी गर्दै यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सचेत समेत गराउँदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ