Thursday, 2 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalबादलले उठाए संसदमा ओली-लेखक पक्राउको विषय

बादलले उठाए संसदमा ओली-लेखक पक्राउको विषय

गणतन्त्र र समावेशीतामा सम्झौता नगर्ने वर्षमानको भनाइ 


काठमाडौं । एमाले दलका नेता रामबहादुर थापा बादलले पार्टी सभापति पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन उदेश्य पूरा गर्न पक्राउ गरिएको भन्दै प्रश्न उठाउनुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले कार्यबाहक अध्यक्ष समेत रहनुभएका बादलले सरकारको गलत कदमको डटेर बिरोध गर्ने बताउनुभयो । प्रतिशोधपूर्ण तरिकाले जेन जि प्रदर्शन दमनको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री गृहमन्त्री लेखक पकाउ बारे सरकारको जवाफ समेत उहाँले माग्नुभयो ।

यता, नेकपाका नेता, सांसद बर्षमान पुनले गणतन्त्र, समावेशीता र समानुपातिक प्रतिनिधित्वको व्यवस्थामा कसैसँग सम्झौता नगर्ने बताउनुभयो । सरकारले चाल्ना सकारात्मक कदममा साथ दिने र बाटो बिराएमा खबरदारी गर्ने पुनले बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ