अष्ट्रेलियामा कोरोना कहर : न्यु साउथ वेल्समा ८१८ र भिक्टोरियामा ७१ जना संक्रमित थपिए
ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा सोमबार ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ लाख ११ हजार ८३ जनाको कोरोना परीक्षण मार्फत ८ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका सबै कोरोना संक्रमित स्थानीय रहेको बताइएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड २१ लाख १४ हजार २६१ जनाको कोरोना परीक्षण गर्दा १८ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १ सय ३० पुगेको छ ।
भिक्टोरियामा थपिए ७१ जना संक्रमित
अष्ट्रेलियाकै भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ४६ हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा ७१ जना कोरोना संक्रमित थपिएका छ । यहाँ पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु भएको केश आएको छैन ।
न्यु साउथ वेल्स र भिक्टोरियामा कोरोना महामारिले विस्तार पाइरहँदा लकडाउनले समेत निरन्तरता पाउँदैआएको छ ।
तपाईको प्रतिक्रिया