NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अस्ट्रेलियामा सडकमा लडिरहेको अवस्थामा भेटिएकी नेपाली महिलाको मृत्यु, ठक्कर दिएर भागेको आशंका

नेपालट्युब

अस्ट्रेलियाको मेलबर्नस्थित टार्नेटमा सडकमा लडिरहेको अवस्थामा भेटिएकी ६३ वर्षीया नेपाली महिलाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहीबार बिहान करिब ६ बजे लिक्स रोड र डेरमिट रोडको इन्टरसेक्सनको जेब्रा क्रसिङमा उहाँ लडिरहेको अवस्थामा भेटिनु भएको थियो।

पैदलयात्रीले उहाँलाई देखेपछि उद्धार गरिएको थियो। तर, केही समयपछि उहाँलाई मृत घोषणा गरिएको थियो।

भिक्टोरिया प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनलाई कुनै सवारीसाधनले ठक्कर दिएर चालक फरार भएको हुन सक्ने आशंका गरिएको छ।

परिवारका अनुसार मृतक महिला तीन–चार महिनाअघि छोरी र ज्वाइँलाई भेट्न मेलबर्न आउनुभएको थियो। उहाँ हरेक दिन बिहान करिब ५ बजे मर्निङ वाकमा जाने गरेको परिवारले बताउनु भएको छ।

परिवारले उहाँको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरिरहेको छ।

यसअघि गत सेप्टेम्बर २१ मा सिड्नीको गिलफर्डमा पनि ६८ वर्षीया नेपाली महिलाको सडक पार गर्ने क्रममा सवारीसाधनको ठक्करबाट मृत्यु भएको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार