NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

विपक्षीलाई बदनाम गर्न प्रमुख दलहरू केन्द्रित भएको ह्यान्सनको आरोप

नेपालट्युब

अस्ट्रेलियाली राजनीतिमा विपक्षी नेताहरूलाई बदनाम गर्न प्रमुख राजनीतिक दलहरूले नकारात्मक सूचना संकलन गर्ने गरेको पलिन ह्यान्सनले आरोप लगाउनु भएको छ।

वन नेसन पार्टीकी नेतृ ह्यान्सनले प्रधानमन्त्री एन्थोनी अल्बानिजीको कार्यालयले सांसद हेलेन हेन्सको विश्वसनीयतामाथि प्रश्न उठाउने सामग्री प्रसार गरेको समेत आरोप लगाउनु भएको छ।

उहाँले लिबरल पार्टीका नेता एङ्गस टेलरको कार्यालयमा पनि विपक्षीविरुद्ध नकारात्मक सामग्री संकलन गर्ने अनुसन्धानकर्ता रहेको समाचार द अस्ट्रेलियन पत्रिकाले अगस्टमा प्रकाशित गरेको उल्लेख गर्नुभएको छ।

ह्यान्सनले लेबर पार्टीका रणनीतिकार र सांसदहरूले पनि विपक्षीविरुद्ध संकलित सामग्री सार्वजनिक गर्ने विषयमा छलफल गरेको बताउनुभएको छ।

उहाँका अनुसार प्रमुख दलहरूले आफ्ना काम र नीतिबारे बहस गर्नुभन्दा विपक्षीको प्रतिष्ठामा आक्रमण गर्न ध्यान दिइरहेका छन्।

उहाँले करदाताको पैसाबाट तलब पाउने कर्मचारीलाई राजनीतिक प्रतिस्पर्धीविरुद्ध सामग्री संकलन गर्न प्रयोग गर्नु अनुचित भएको बताउँदै दलहरूले नागरिकका समस्या र भविष्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार