NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

कान्समा अवार्ड जितेको नेपाली चलचित्र अस्ट्रेलियाको संसद् भवनमा प्रदर्शन हुँदै

नेपालट्युब

कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ अब अस्ट्रेलियाको संघीय संसद् भवनमा प्रदर्शन हुने भएको छ।

निर्देशक अभिनाशविक्रम शाहको यो चलचित्र आगामी अक्टोबर २६ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा प्रदर्शन गर्न लागिएको हो।

सन् २०२६ को कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको यस चलचित्रले त्यहीँ जुरी पुरस्कारसमेत जितेको थियो।

चलचित्रले न्युजिल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्र र दर्शकको रोजाइको पुरस्कारसमेत जितेको छ। साथै, अस्ट्रेलियामै आयोजना हुने एसिया प्यासिफिक स्क्रिन अवार्डका तीन विधामा मनोनयनमा परेको छ।

चलचित्रले नेपालको ग्रामीण क्षेत्रमा बसोबास गर्ने तेस्रो लिंगी समुदायको जीवन, उनीहरूको संघर्ष र पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरेको छ। यसले नेपाली समाजका सीमान्तकृत समुदायका कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याएको छ।

अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाएको नेपाली चलचित्र अस्ट्रेलियाको संघीय संसद् भवनमा प्रदर्शन हुनुले नेपाली कला, संस्कृति र सिर्जनालाई अन्तर्राष्ट्रिय तहमा चिनाउने अवसर प्रदान गर्छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार