NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

सिड्नीमा नोभेम्बर ७ मा नेपाल फेस्टिभल, प्रकाश सपुत र रचना रिमालको प्रस्तुति

नेपालट्युब

अस्ट्रेलियामा नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फेस्टिभल सिड्नी २०२६ आगामी नोभेम्बर ७ मा आयोजना हुने भएको छ।

सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुने महोत्सवमा गायक प्रकाश सपुत र गायिका रचना रिमालको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

‘पुनर्निर्माण र पर्यटन प्रवर्द्धन’ नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत एनआरएनए एससीसी एनएसडब्ल्यूले महोत्सव आयोजना गर्न लागेको हो।

महोत्सवमा नेपाली संगीत, नृत्य, भेषभूषा, खानपान र मौलिक परम्परा प्रस्तुत गरिनेछ। आयोजकका अनुसार यसले नेपाली समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार