Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअबको एक सातामै अष्ट्रेलियामा कोभिडविरुद्धको खोप लगाइदै, यस्तो छ प्राथमिकता

अबको एक सातामै अष्ट्रेलियामा कोभिडविरुद्धको खोप लगाइदै, यस्तो छ प्राथमिकता


ब्रिजबेन, अष्ट्रेलिया । आगामी फेब्रअरी महिनादेखि अष्ट्रेलियामा कोभिड १९ कोरोनाविरुद्धको खोप वितरण हुँदैछ । तर यो खोप सबैका लागि अनिवार्य गरिनेछैन । केही क्षेत्रमा र कोरोना रोकथामको अग्रमोर्चामा खटिएकाहरुलाई अनिवार्य गर्ने विषयमा भने अझपनि छलफल चलिरहेको छ ।

पहिलो चरणको कोरोना खोप क्वारेन्टीन र सिमा सुरक्षामा खटिने कर्मचारी, स्वास्थ्यकर्मीहरु, एज्ड केयर र डिसएविलिटीमा काम गर्ने तथा रेसिडेन्टहरुलाई दिइनुपर्ने विज्ञहरुले सुझाब दिदै आएका छन् । एज्ड एण्ड कम्युनिटी सर्भिसेज अष्ट्रेलियाका प्रमुख पेट्रेसिया स्पेरोले बृद्धबृद्धा अष्ट्रेलियनहरुको स्वास्थ्य सुरक्षाका लागि एज्ड केयर उद्योगले एकै किसिमको प्रयास थाल्नुपर्ने बताउनुभएको छ । अहिले यी क्षेत्रमा काम गर्नका लागि फ्लू भ्याक्सीन अनिवार्य गरिएको छ । यहाँ कोभिड खोपलाई पनि अनिवार्य गर्नुपर्ने विषयमा छलफल चलिरहेको छ ।

अन्य भीडभाड हुने क्षेत्रमा कोभिड खोप अनिवार्य गर्ने वा नगर्ने भन्ने बारे छलफल भैरहेको भन्दै स्वास्थ्य अधिकारीहरुले खोप आम प्रयोगमा आउनुपूर्व नै यसबारे निर्णय लिइने जानकारी दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ