NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

अष्ट्रेलिया र पाकिस्तानका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

nepaltube

काठमाडौं । नेपालका लागि अष्ट्रेलिया र इस्लामी गणतन्त्र पाकिस्तानका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा सोमबार विशेष समारोहकाबीच पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गर्नुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले फेसबुकमा ओहोदाको प्रमाणपत्र पेश गरेको बारे दिइएको जानकारी :

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार