NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

एक पटक भिषा नलागेका र रद्ध भएकाले पनि अब देखि अष्ट्रेलियामा पिआर हाल्न पाउने

Nepaltube Australia

ब्रिजवेन/ एक पटक भिषा नलागेका र भिषा रद्ध भएका व्यक्तिहरुले अबदेखि अष्ट्रेलियामै बसेर पनि स्किल भिषा पिआर हाल्न पाउने भएका छन् । गत बिहिबार गृह मामिला विभागले माइग्रेसन निर्देशिका १९९४ मा केही संशोधन गरि सेक्सन ४८ सम्बन्धी केही लचिलो नीति लिएको हो ।

एक पटक भिषा नलागेका र रद्ध भएका व्यक्तिहरुलाई सेक्सन ४८ ले अष्ट्रेलियामै बसेर स्किल भिषा हाल्न रोक लगाएको छ । पछिल्लो संशोधन अनुसार एक पटक भिषा नलागेका र भिषा रद्ध भएकाहरुलाई पनि अबदेखि अष्ट्रेलियामै बसेर पिआर हाल्न दिने नियम बनेको हो । अबदेखि सेक्सन ४८ मा परेका व्यक्तिहरुले पनि तीन प्रकारका स्किल भिषाहरु सब क्लास १९०, सब क्लास ४९१ र सब क्लास ४९४ भिषा हाल्न पाउने भएका हुन् ।

यो निर्णयले हजारौ व्यक्तिहरुलाई फाइदा पुग्ने ब्रिजवेनका रजिष्ट्रर्ड माइग्रेसन एजेन्ट नारायण कोइरालाले बताउनुभयो । ‘कोभिडका बेलामा सेक्सन ४८ कारण धेरै राज्यले पिआर हाल्न दिएको थिएन’- कोइरालाले भन्नुभयो- ‘अब त्यस्ता हजारौ व्यक्तिका लागि पनि बाटो खुल्ला भएको छ ।’

सेक्सन ४८ अन्तगर्त पर्ने व्यक्तिहरुले स्किल भिषा अर्थात पिआर हाल्न चाहेमा अष्ट्रेलिया बाहिर जानुपर्ने व्यवस्था थियो । कोरोनाको समयमा त धेरै राज्यहरुले सेक्सन ४८ अन्तर्गतका व्यक्तिहरुले पिआरको निवेदन नै दिन नपाउने नीति लिदै आएको थियो ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार